दफा ११
अरु विवाहको दर्ता
: (१) यो ऐन प्रारम्भ भएपछि धर्म, जाति वा कुलको रीतिथिति परम्परा वा चलन व्यवहार अनुसार भएको विवाह वा वैवाहिक सम्बन्ध यो ऐनको विपरित नहुने भएमा यस ऐन अन्तर्गत दर्ता गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम विवाह दर्ता गराउन चाहने दम्पतिले तोकिएको ढाँचामा दर्खास्त लेखी सो दर्खास्त दिनु अघि पन्ध्र दिनदेखि रही बसिआएको क्षेत्रको विवाह अधिकारी समक्ष पेश गर्नु पर्छ ।
(३) उपदफा (२) बमोजिम पेश हुन आएको दर्खास्तका सम्बन्धमा दफा ६ र ७ बमोजिमका कुराहरु लागू हुनेछ ।
(४) उपदफा (३) बमोजिम कारवाई भएपछि त्यस्तो विवाह वा वैवाहिक सम्बन्ध दर्ता गर्ने ठहरेमा विवाह अधिकारीले तोकिएको ढाँचाको विवाह दर्ता किताबमा व्यहोरा खुलाई दर्ता गर्नु पर्छ र सो दर्ताको व्यहोरामा दम्पति र साक्षीहरु तथा विवाह अधिकारीले सहिछाप गर्नुपर्छ ।
(५) उपदफा (४) बमोजिम विवाह दर्ता गर्दा विवाह भएको वा वैवाहिक सम्बन्ध कायम भएको मितिको उल्लेख गरिनेछ र सो मितिपछि जाय जन्म भएका सन्तानको नाम, उमेर र लिङ्ग पनि दर्ता किताबमा जनाइनेछ ।
(६) उपदफा (४) बमोजिम भएको दर्ता परस्पर विवाह भएको तथ्यको प्रमाण हुनेछ ।
(७) त्यस्तो दर्ता भएपछि विवाह अधिकारीले तोकिएको ढाँचामा सो दम्पतिलाई विवाह प्रमाणपत्र दिनेछ ।